
५ पुष, काठमाडौँ-नेकपा एकिकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट राष्ट्रपतिमा झलनाथ खनालको नाम सिफारिस गरेको छ। बहुमतको आधारमा कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माण गर्ने भनेपछि गठबन्धनमा रहेको हुनाले प्रधानमन्त्री नेपाली कांग्रेसले पाउने भएपछि राष्ट्रपतिको बटमलाईनबाट पछि नसर्ने नेकपा एकिकृत समाजवादी पार्टीका नेताहरुको भनाई छ।
गठबन्धन लामो समय टिकाउने हो भने गठबन्धन दलहरुले राष्ट्रपतिका नेकपा एकिकृत समाजवादीलाई अघि सार्नुपर्ने नेकपा एकिकृत समाजवादीको सम्मानित नेता झलनाथ खनालको भनाई छ। ठूलो दलले सरकारको नेतृत्व गर्नु स्वभाविक भएपनि राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा दाबी गर्न नमिल्ने नेता खनालको भनाई छ। गठबन्धनको दलभित्र रहेको हुनाले राष्ट्रपति पदमा नेकपा एकिकृत समाजवादी पार्टीको दाबी रहने समेत उहाँको भनाई छ।
Visited 14 times, 1 visit(s) today
