Fast Nepal News

राजनीतिक क्रान्तिको अब्बल मानिने स्ववियुको स्तर खस्कदो

banner single news
२ पुष, काठमाडौँ- विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)लाई कुनै बेला राजनीतिक क्रान्तिको अब्बल संस्थाको रुपमा लिइन्थ्यो । पञ्चायती शासनका बेला दलहरुमाथि प्रतिबन्ध हुँदा त्यतिखेरको सरकारविरुद्ध आवाज उठाउने काम स्ववियुले नै गरे । पञ्चायती शासन ढाल्न स्ववियुको भूमिकालाई कम आँक्न मिल्दैन।
विद्यार्थीको शैक्षिक समस्याको उत्थान गर्न स्ववियुले निर्वाह गर्ने भूमिका अत्यन्त महत्वपूर्ण थियो। तर त्यहि स्ववियु अहिले अराजक जत्था जस्तो बन्न पुगेको छ । शैक्षिक सुधार र विद्यार्थीको हकहितका विषय उठाउनेभन्दा विश्वविद्यालयमा तालाबन्दीदेखि नियुक्तिमा भागबण्डा तथा ठेक्कामा हिस्सेदारी खोज्ने प्रवृत्तिले स्ववियु बदनाम बन्न पुगेको छ। विद्यार्थी संगठनहरुले त्यहि स्ववियुको चुनाव गर्न माग गरिरहँदा जानकारहरुले भने विश्वविद्यालयहरुलाई थप अराजकताको अखडा बन्नबाट जोगाउन स्ववियु खारेज गर्नुको विकल्प देखेका छैनन् ।
प्रत्येक २/२ वर्षमा फाल्गुन १४ गते हुने स्ववियुको निर्वाचन २०६५ सालदेखि हालसम्म हुन् सकिरहेको अवस्था छैन। त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि रोकिएको स्ववियुको निर्वाचन गर्ने तयारीमा जुटेको छ। फागुन १४ गतेको स्ववियुको निर्वाचन कस्तो हुन्छ त्यो भने हेर्न नै बाँकी छ।
Inside Article Ads
Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.