Fast Nepal News

रत्नराज्यलक्ष्मी क्याम्पसद्वारा स्नातक तह प्रथम वर्षकाे अभिमुखीकरण कक्षा सम्पन्न

banner single news
स्रोत:-रत्नराज्यलक्ष्मी क्याम्पस हेल्प डेक्स
१ पुष, काठमाडौँ त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पस प्रदशनीमार्ग काठमाडौंमा संञ्चालित स्नातक तह बिहानी र दिवा सत्रका अभिमुखिकरण कक्षाहरु सम्पन्न भएको छ। बि.ए. प्रथम वर्षमा अध्ययन गर्न यस क्याम्पसमा भर्ना भएका विद्यार्थीहरुलाइ क्याम्पस तथा विषय बस्तुका बारेमा जानकारी दिन उक्त कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रमका अतिथीका रुपमा बिहानी र सन्ध्याकालीन सत्रका सहायक क्याम्पस प्रमुख द्वय रविनदाश श्रेष्ठ र प्रमिला विडारी, क्याम्पस विद्यार्थी कल्याण प्रमुख डा. बुद्धिप्रसाद सापकोटाका साथै विभिन्न विभागका विभागीय प्रमुखहरुको मन्तव्य सहितको उपस्थिती रहेको थियो । अतिथीहरुले यस क्याम्पसलाइ अध्ययनकाे राेजाइका रुपमा छनाैट गरेकाेमा विद्यार्थीलाइ धन्यवाद सहित स्वागत गर्नुभयाे । सहायक क्याम्पस प्रमुख तथा क्याम्पस प्रमुखज्युले विद्यार्थीहरुलाइ स्वागत गर्दै शैक्षिक सफलताकाे कामना व्यक्त्त गर्नुभयाे ।
पुस्तकालय प्रमुख अनिता भट्टराइले कार्यक्रममा सहभागी विद्यार्थीलाइ क्याम्पसकाे लाइब्रेरी तथा उपयाेगका बारेमा जानकारी दिनुभयाे । कार्यक्रमको संचालन दिवा सत्रका सहायक क्याम्पस प्रमुख रामबहादुर कार्कीले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीले गर्नु भयो । स्नातक प्रथम वर्षको २०७९ पाैष ३ गते आइतबारदेखी प्रथम वर्षका नियमित कक्षाहरु सञ्चालन हुने रत्नराज्यलक्ष्मी क्याम्पस प्रशासनले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई सूचित गरेको छ।
Inside Article Ads
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.