
१ पुष, लमजुङ संवाददाता बेँसीसहर नगरपालिका–३ काउलेपानीमा आज आयोजित नेपाल पत्रकार महासंघ लमजुङ शाखाको १५ औँ साधारणसभा कार्यक्रममा नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्नुभएको छ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले जनतामा दलहरू पार्टीको सिद्धान्तअनुसार चल्न सकेनन् भन्ने गुनासो बढ्दै गएको बताउनुहुँदै उहाँले अब राजनीतिक दल सच्चिएर जान आवश्यक रहेको समेत धारणा व्यक्त गर्नुभयो।
लमजुङ पत्रकार महासंघको सभामा बोल्नुहुँदै पत्रकारले कुनै पनि दल वा स्वार्थको पक्षमा नभई पत्रकारले सत्य र तथ्यका आधारमा काम गर्नुपर्नेमा उहाँले आफ्नो अमूल्य धारणा राख्नुभयो। राजनीतिक परिवर्तन र पत्रकारिता क्षेत्रमा उहाँले आज लमजुङ पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्नुभएको हो।
