Fast Nepal News

रेशम चौधरीलगायतलाई रिहा गर्न ल्याईएको अध्यादेश अविलम्ब जारी गर्न पूर्वमन्त्री पासमानको माग

banner single news
स्रोत:-रिपोटर्स नेपाल
 २८ मंसिर, काठमाडौँ बहुजन शक्ति पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री विश्वेन्द्र पासमानले रेशम चौधरीलगायतलाई रिहा गर्न सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको लागि माग गरेका छन् । उनले अध्यादेशको स्वागत गर्दै अविलम्ब उक्त अध्यादेश राष्ट्रपतिबाट जारी हुनुपर्ने माग गरेका हुन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा पासमानले सरकारलाई अध्यादेश ल्याएकामा धन्यवाद पिनि दिए । उनले भने,‘सरकारले ठीक निर्णय गरेको छ । अब राष्ट्रपतिबाट यो अध्यादेश जारी हुने मैले विश्वास लिएको छु ।’ उनले राजनीतिक रुपमा झुठा मुद्दा लागेर जेलमा बस्न बाध्य नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब रिहा गर्न आफूहरुले सुरुदेखि नै माग गरेको स्मरण गराए । उनले सरकारले ढिलै भएपनि अध्यादेश ल्याएकोमा खुशी व्यक्त गरे ।
उक्त अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि निर्दोष नेता तथा कर्याकर्ताहरुको रिहाइ हुने उनको विश्वास छ । उता, थारु कल्याणकारिणी सभाले उक्त अध्यादेश कार्यान्वयन नभए सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ । उसले अध्यादेश कार्यान्वयनका लागि दबावमूलक कार्यक्रम पनि सार्वजनिक गरेको छ । थारु कल्याणकारिणी सभा एवं थरुहट/थारुवान संयुक्त सघर्ष समितिले हिजो (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अध्यादेश कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.