
२८ मंसिर, काठमाडौँ- आज नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्नुभएको छ। उद्धघाटन गर्दै प्रचण्डले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने दाबी गर्नुभएको छ।
देशको नेतृत्वमा पुग्नसाथ भष्टाचार नियन्त्रण र आर्थिक विकासमा नयाँ क्रान्ति गर्ने उहाँले दाबी गर्दै आफ्नो कार्यकालमा सो कार्य गर्ने धारणा व्यक्त गर्नुभयो। भष्टाचार नियन्त्रण र आर्थिक विकासमा नयाँ क्रान्ति समाजको अनिवार्य र जनताको आवश्यक सत् रहेको समेत उहाँको भनाई छ।
Visited 26 times, 1 visit(s) today
