
२८ मंसिर,काठमाडौँ- हालै सरकारले ल्याएको अध्यादेश संविधानसम्त् भएको भन्दै थरुहट/थारुवान संयुक्त संघर्ष समितिद्वारा अध्यादेशको स्वागत गरेको छ। आज माइतीघरमा अध्यादेशको पक्षमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिद्वारा माइतीघरमा अध्यादेशको पक्षमा स्वागत प्रदर्शन भएको हो।

नेपाल सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा एक उपदफा थपेर सरकारले कानुन संशोधनका लागि अध्यादेश ल्याएको थियो। सरकारले थपेर ल्याएको उपदफा ९ मा जुनसुकै अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन सकिने व्यवस्था गरिएको थियो। काम चलाउन सरकारले मन्त्रिपरिषद् बाट पारित गरेर अध्यादेश राष्ट्रपति समक्ष पुगेको छ। अध्यादेश जारी हुन भने बाँकी छ। तर, यो काम चलाउ सरकारले ल्याएको अध्यादेशको सर्बत्र विरोधसँगै आजक्षथरुहट/थारुवान संयुक्त संघर्ष समितिद्वारा अध्यादेशको स्वागत समर्थन पनि भएको छ।

अध्यादेश प्रमाणीकरण हुन भने बाँकी नै छ।थरुहट/थारुवान संयुक्त संघर्ष समितिद्वारा अध्यादेशको राष्ट्रपतिले अविलम्ब प्रमाणित गर्नुपर्ने पक्षमा वकालत गर्दै सडकमा उभिएको छ।
