
२८ मंसिर, काठमाडौँ –
१६ औं संघीय संसद् दिवसका अवसरमा संघीय संसद् सचिवालयले बुधबार सिंहदरबारमा आज कार्यक्रम आयोजना गरेको छ।संसद दिवसमा संसद सचिवालयले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभाको अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो महत्वपूर्ण मन्तव्य व्यक्त गर्नुभएको छ। आफ्नो मन्तव्य व्यक्त गर्दै अध्यक्ष तिमल्सिनाले सरकार र संसद् बीचमा समन्वय गर्दै संसद र सरकारबिचको समस्या सुधार गर्दै लैजानुपर्ने बताउनुभएको छ।
संसद् अधिवेशनलाई छिटोछरितो र प्रभावकारी बनाउन तथा समितिलाई चुस्तदुरुस्त ढंगले चलाउन कर्मचारीपनि प्रतिबद्ध भएर लाग्नुपर्ने धारणा व्यक्त गर्दै उऊ संसद् सेवाको स्वायत्ततालाई अझ प्रभावकारी बनाउने र संसदको प्रभाकारितालाई जनमुखी बनाउने विषयलाई सम्बोधन गर्न आफू लाग्नुपर्ने अध्यक्ष तिमल्सिनाले भनाई छ।
Visited 10 times, 1 visit(s) today
