
२५ मंसिर, काठमाडौँ -आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विजयी हासिल गरेका नागरिक उन्मुक्ति पार्टीलाई राजनीतिक मुलधारमा प्रवेश गराउन अध्यादेश ल्याउने निर्णय मन्त्रीपरिषद्ले निर्णय गरेको हो।
टिकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कानुनी रुपमै आममाफी दिन मार्ग स्पष्ट पार्न र नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपा कार्यकर्ताहरूमाथि लगाइएका मुद्दा फिर्ता लिन र राजनीतिमा स्थापित भएको जनमत पार्टीको सीके राउतका कार्यकर्तामाथि लगाइएको मुद्दा पनि फिर्ता लिने र जनमत र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउन र विप्लव नेतृत्वको नेकपाको शान्तिपूर्ण राजनीतिमा ल्याउने मार्ग प्रशस्त गर्न सरकारले नयाँ अध्यादेश ल्याउने निर्णय गरेको मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।
Visited 15 times, 1 visit(s) today
