
२२ मंसिर, काठमाडौँ -जनमत पार्टीको केन्द्रीय कार्य समितिको बैठक आज सम्पन्न भएको छ।काठमाडौंको कोटेश्वरस्थित तपोवन होटलमा केन्द्रीय कमिटीको बैठकमा चुनावको समीक्षा भएसँगै समानुपातिक सांसदको नाम समेत बैठकले सिफारिस गरेको छ।
प्रत्यक्षमा १ समानुपातिक ५ सिट पाएको जनमत पार्टीको आजको बैठकमा चुनावी समिक्षा र आगामी रणनीतिबारे छलफल भएको जनमत पार्टीको नेताहरुले बताएका छन्। काठमाडौँ बसेको केन्द्रीय कमिटीको बैठकले जनमत पार्टी बाट मधेश प्रदेशमा समानुपातिक सांसदको रूपमा बबिता ईश्वर राउत र अनिता देवी साहलाई मधेशी महिला समानुपातिक सांसदको रूपमा सिफारिस गरेको छ। यसैगरी दलित महिलाबाट रंजु कुमारी मंडल र सपना दर्जीको नाम समानुपातिक सांसदको रूपमा सिफारिस गरेको छ। यसैगरी मधेसी पुरुष चंदन कुमार सिंह र ऋषिकेश ठाकुरको नाम समानुपातिक सांसदको रूपमा सिफारिस गरेको छ। यसैगरी दलित पुरुषबाट सत्य नारायण खंग(खत्बे) लाई गरी ७ जना जनमत पार्टीको सदस्यलाई समानुपातिक सांसदको रूपमा अघि सारेको जनमत पार्टीको नेताहरुले बताएका छन्।
जनमत पार्टीको बैठक भव्यताका साथ सम्पन्न भएको जनमत पार्टीको नेताहरुको भनाई छ।
Visited 29 times, 1 visit(s) today
