Fast Nepal News

मैले आफ्नो कर्तव्य निभाउन………

banner single news

गोबिन्द राज ओझा (राजन)

मैले आफ्नो कर्तव्य निभाउन………
मैले आफ्नो कर्तव्य निभाउन खोजिरहेको छु
तिम्रो साथ पाए भने भाग्यमानि ठान्छु
मैले केहि बात त गर्न खोजिरहेको छु
सधै साथ निभाउन खोजिरहन्छु

तिमि छौ मेरो तिमिले नै बोल्नुपर्छ
मेरा केहि कुराहरु तिम्रो सामु राख्नुपर्छ
मलाई रिस उठे फकाउने मान्छे खोजिरहेको छु
माया गरि मन बुझाउन खोजिरहेको छु
देखेपछि तिमिले बोल्ने गर्नुपर्छ
तिमि नबोलेर गयौ भने दिन कसरि बित्छ
बोलिहाल तिमिले केहि भन्नु छ
नबोल्दा तिमिले मलाई दु:ख लाग्छ

तिम्रा ति शब्दहरु मैले सोचेको छु
हर समय तिमिलाई नियालेर हेरेको छु
केहि गल्ति थिए होलान सुधार गरेको छु
मैले तिमिलाई खोजिरहेको छु

Inside Article Ads

हासि खुसि बोल्ने मान्छे हेरिरहेको छु
तिमिलाई बेहुलि बनाउला सोचिरहेको छु
टाढा टाढा भयौ कुनै खबर पठाउदैनौ तिमिले
तिम्रो खबर शोधि राखेको हुन्छु मैले

साथि भाई सबै सँग मनको कुरा भन्नु छ
जस्तो सुकै कठिन समयमा संघर्ष गर्नु छ
के के कुरा सिक्नु थियो के सिकियो
सधै भरि साथ दिने मान्छे खोजियो

मैले आफ्नो कर्तव्य निभाउन खोजिरहेको छु
तिम्रो साथ पाए भने भाग्यमानि ठान्छु

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.