Fast Nepal News

सत्ता गठबन्धनको बैठक आज बस्दै, बैठकमा चुनावी मतपरिणाम बारे समीक्षा गर्ने

banner single news
१९ मंसिर, काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने जनाइएको छ ।
यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ। यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ। त्यस्तै, नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ। चुनावी परिणाम र अबको बन्ने नयाँ सरकारको विषयमा बालुवाटारमा हुने बैठकमा व्यापक छलफल हुने भएको छ।
Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.