
१८ मंसिर, काठमाडौँ -१६४ स्थानको मतगणना सकिएको छ।
मतगणना सकिएलगत्तै मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेस ५७ स्थानमा जित हासिल गर्दै प्रतिनिधिसभा सदस्यमा जित निकाल्ने पहिलो पार्टी बनेको छ। नेकपा एमाले ३८ सिट जितेर प्रतिनिधिसभा सदस्यमा जित निकाल्ने दोस्रो पार्टी बनेको छ। नेकपा माओवादीले १७ सिट निकालेर तेस्रो पार्टी बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले ७ स्थानमा जित हासिल गरेर चौथों पार्टी बनेको छ। यसैगरी ६ स्थानमा जित हासिल गरेर प्रतिनिधिसभा सदस्यमा जित निकाल्ने राप्रपा ५ औं पार्टी बनेको छ।४ स्थानमा प्रतिनिधिसभा सदस्यमा जित निकालेको लोकतान्त्रिक समाजवादी पार्टी प्रतिनिधिसभा सदस्यमा जित हुने छैठौं पार्टी बनेको छ। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा प्रतिनिधिसभा सदस्यमा विजयी हासिल गरेर सात औं पार्टी बनेको छ। नेमकिपा र राष्ट्रिय जनमोर्चाले १/१ सिट जितेको छ भने स्वतन्त्र उम्मेदवारले ५ सिट प्रतिनिधिसभा सदस्यमा जितेको छ।
