Fast Nepal News

प्रधानमन्त्री देउवा र अध्यक्ष राउतबीच भेटवार्ता

banner single news
१५ मंसिर, काठमाडौँ –प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। भेटघाटमा दुबै नेताले शुभकामना साटासाट गर्नुका साथै संघ तथा मधेश प्रदेश सरकार गठनका विषयमा छलफल गुर्नभएको छ।
प्रधानमन्त्री देउवाले सहकार्य गर्ने प्रस्ताव राखेपछि अध्यक्ष डा.राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सिर्जना गर्ने लगायतका एजेण्डा उठाउनु भएको थियो। जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको डा.राउतले प्रतिक्रिया दिनु भयो। दुबै नेताबीच पहिलो चरणको छलफल भएपनि कुनै निर्णयमा नपुगिएको थप छलफल गर्ने सहमति भएको जनमत पार्टीका नेता बिपी शाहले बताउनुभयो।
Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.