Fast Nepal News

लोकतन्त्रमा समस्याको समाधान बल प्रयोग गर्ने होईन तरिका प्रयोग गर्ने हो:-केपी ओली

banner single news
१३ मंसिर, काठमाडौँ:-आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथली बस्तीमा भएको सुकुम्बासी क्षेत्रको समस्याको विषयमा सम्बोधन गर्नुभएको छ। सुकुम्बासी बस्ती भत्काएर मात्र समस्याको समाधान नहुने समेत उहाँको धारणा रहेको छ।
सुकुम्बासी बस्तीका व्यक्तिहरुको समस्यालाई सम्बोधन गरी उचित रुपमा सम्बोधन गर्ने विषयतर्फ महानगरपालिका गम्भीर नभएको समेत उहाँको भनाई छ। काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहले केन्द्र सरकार र प्रहरी परिचालन नगरी मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गर्नु अस्वाभाविक रहेको ओलीको भनाई छ।
वास्तविक सुकुम्बासीको पहिचान नगरी काठमाडौँ महानगरपालिकाले विपन्न सुकुम्बासी बस्तीमाथि जबरजस्ती बल प्रयोग गर्नु आफैमा दुर्भाग्यपूर्ण रहेको अध्यक्ष ओलीले बताउनुभएको छ। लोकतान्त्रिक शासन प्रणालीमा कुनै समस्याको समाधान गर्न बल प्रयोग गर्न नहुने र उचित तरिका बुझेर मात्र समस्याको समाधान गर्नतर्फ अग्रसर हुन ओलीले काठमाडौँ महानगरपालिकालाई सुझाव दिनुभएको छ।
Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.