Fast Nepal News

नेकपा माओवादीका केन्द्रका महासचिव देव प्रसाद गुरुङद्वारा मतदातालाई धन्यवाद ज्ञापन

banner single news
११ मंसिर, काठमाडौँ नेकपा माओवादी केन्द्रका महासचिव समेत रहनुभएका लमजुङका प्रतिनिधिसभा उम्मेदवार देव प्रसाद गुरुङले लमजुङ क्षेत्रको मतदातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ। फेसबुकमा स्टाटस लेख्दै उहाँले मतदातालाई धन्यवाद ज्ञापन गर्नुभएको हो।

 

नेकपा माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरुङले  व्यक्त गर्नुभएको धन्यवाद ज्ञापन पढ्नुहोस्।

 

बिषय :- धन्यवाद ज्ञापन सम्बन्धमा।
२०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक- वाम गठबन्धनको साझा उम्मेदवारको रूपमा लमजुङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा म देव प्रसाद गुरुङ प्रस्तुत भएको थिएँ। “संविधानको रक्षा, स्थिरता, सुशासन र समृद्धि”को लागि दिईएको मेरो उम्मेदवारीलाई न्यानो मायाँ, बिश्वास र भरोसा गरेर मतदान गर्नुहुने लमजुङका आम मतदाता र जनसमुदायहरु प्रती हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछु। निर्वाचनको क्रममा साथ, सहयोग गर्नुहुने गठबन्धनका सबै नेता, कार्यकर्ता, सञ्चारकर्मी एबं निर्वाचन सम्पन्न गराउन अहोरात्र खटिनुहुने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मी प्रती हार्दिक धन्यवाद व्यक्त गर्दछु। लमजुङ जिल्लाबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा विजयी उम्मेदवारहरुलाई हार्दिक बधाई एबं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु। साथै लमजुङको जनताको साथ, सहयोग र मायाँको कदर गर्दै राष्ट्रको रक्षा, लमजुङको बिकास र समृद्धिको लागि सधैँ निरन्तर लागि रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु।
देव प्रसाद गुरुङ
प्रतिनिधि सभा उम्मेदवार लमजुङ

Inside Article Ads
Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.