Fast Nepal News

काठमाडौँको सबै क्षेत्रको मतगणना सकियो

banner single news
७ मंसिर, काठमाडौँ-काठमाडौँ जिल्लाको सबै क्षेत्रको मतगणना सकिएको छ। नेपालको धेरै क्षेत्र रहेको काठमाडौँ क्षेत्रको मतपरिणाम आईसकेको छ।
काठमाडौँ क्षेत्र नंम्बर १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह ७,१४३ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।

काठमाडौँ क्षेत्र नंम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोभिता गौतम १५,२२९ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
काठमाडौँ क्षेत्र नंम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे १५,१५८ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
काठमाडौँ क्षेत्र नंम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा २१,३०२ मतको साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
काठमाडौँ क्षेत्र नंम्बर ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल १५,२३७ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
काठमाडौँ क्षेत्र नंम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार शिशिर खनाल १४,२०४ मतको साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
काठमाडौँ क्षेत्र नंम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार गणेश पराजुली ८,७४३ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
काठमाडौँ क्षेत्र नंम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार विराजभक्त श्रेष्ठ १०,१०५ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
काठमाडौँ क्षेत्र नंम्बर ९ मा नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठ ११,९५६ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
काठमाडौँ क्षेत्र नंम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार के.सी.१४,४४८ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।

 

काठमाडौँ क्षेत्र नंम्बर मतपरिणामलाई हेर्दा काठमाडौँ क्षेत्र नंम्बर १,३,४,५,१० क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। यसैगरी २,६,७,८ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारहरु अत्यधिक बहुमतको साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। यसैगरी क्षेत्र नंम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजय हुनुभएको छ। मतपरिणामलाई आधार मान्दा काठमाडौँ क्षेत्रमा ५ स्थानमा जित हासिल गरी नेपाली कांग्रेसले प्रथम स्थान हासिल गर्न सफल भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ४ स्थान हासिल गरी द्रोसो स्थान हासिल गर्न सफल भएको छ भने नेकपा एमाले तेस्रो स्थानमा उक्लिएको छ।

Inside Article Ads
Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.