Fast Nepal News

लमजुङ क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार देव गुरुङ अत्यधिक बहुमतबाट विजय हुनेमा विश्वस्त

banner single news

२७ कार्तिक, काठमाडौँ निर्वाचन आउन अब धेरै समय बाँकी नै छैन।७ दिनपछि सबै मतदाताले आफूले मनपर्ने उम्मेदवारलाई भोट दिन पाउँदैछन्। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरु जनताको घरदैलोमा पुगी आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । लमजुङ क्षेत्रको विकास र समृद्धिको लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका प्रतिनिधिसभा उम्मेदवार निर्वाचनको संघारमा जनताको घरदैलोमा व्यस्त हुनुहुन्छ।

जनताको घरदैलोमा पुगेर मत मागिरहनुहुदा प्रतिनिधिसभा सदस्य उम्मेदवारले लमजुङ क्षेत्रको आम मतदाताको माया र समर्थन प्राप्त गरिरहनुभएको छ। त्यससँगै उहाँ प्रतिनिधिसभा सदस्यमा अत्यधिक बहुमतले विजयी हुनेमा समेत ढुक्क हुनुहुन्छ। लमजुङ क्षेत्रमा पर्यटनको विकास गर्न,सडक,बाटोको विकास गर्न, बेरोजगारी समस्याको अन्त्य गर्न समेत आफ्नो उम्मेदवारी रहेको बताउँनुहुदै जनताको माझ लमजुङ क्षेत्रको विकासको लागि जारी गरेको प्रतिबद्धताको कदर गरी लोकतान्त्रिक गठबन्धनलाई अमूल्य मत दिएर विजय गराउने उहाँको धारणा छ।

Inside Article Ads

लमजुङ क्षेत्रका मुख्य प्रतिष्पर्धी हुन ने.क.पा. एमालेका – उपमहासचिव पृथ्वीसुब्बा गुरुङ । यसैगरी राप्रपाबाट तत् बहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्म केसीको तुलनामा जनताले बहुमत दिएर विजय गराउने समेत उहाँले बताउनुभयो।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.