Fast Nepal News

भोली दिउँसो १.३० बजे नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्ने

घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको छ।

banner single news
न्युज नेपाल एचडी संवाददाता
१४ कार्तिक, काठमाडौँ-प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गईरहेको छ। चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।यही कार्तिक १२ गते सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ‌। यसैगरी नेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज कार्तिक १४ गते चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
यसैगरी आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार खडा गरेको नेकपा एमालेले आशन्न निर्वाचनको चुनावी घोषणापत्र भोली मंगलबार सार्वजनिक गर्ने बताएको छ। नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मंगलबार दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको जानकारी बताउँनुहुदै घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको समेत जानकारी दिनुभएको छ।
Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.