Fast Nepal News

सामाजिक अभियन्ता मुकुन्द सिलवाल काठमाडौँ क्षेत्र नंम्बर ६ मा लोकप्रिय हुँदै

banner single news
न्युज नेपाल एचडी संवाददाता

१४ कार्तिक, काठमाडौँ -मुकुन्द सिलवाल सामाजिक कार्य क्षेत्रमा लामो समय योगदान दिने व्यक्तिको रूपमा परिचित हुनुहुन्छ।वि.सं २०७० सालदेखि सर-सफाई अभियानको यात्राको सदस्यको रूपमा अघि बढ्नु भएलगत्तै उहाँको सामाजिक कार्य क्षेत्रको यात्रा सुरुवात भयो उहाँले  एमसीसी विरुद्धको ८ दिनको पैदल यात्रामा  सहभागिता  रहेको  उहाँले जानकारी दिनुभयो।

 गुठी विधेयकको आन्दोलनको नेतृत्व, गैरन्यायिक विस्थापन विरुद्धको नेतृत्वदायी आन्दोलनमा उहाँको सहभागिता रहेको । यसैगरी भाषा, संस्कृति संरक्षण अभियान, वातावरण सरसफाई अभियान, भष्टाचार विरोधी नागरिक अभियानको समेत नेतृत्व गर्दै आफ्नो सामाजिक कार्यक्षेत्रको यात्रामा अघि बढ्नुभयो। लामो समय सामाजिक कार्यक्षेत्रको यात्रामा निरन्तर अघि बढनु भएका मुकुन्द सिलवालले देशको राजनीतिक अवस्थामा सुधार गर्न आवश्यक देख्दै अहिले मंसिर ४ गतेको निर्वाचनमा काठमाडौँ क्षेत्र नंम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उहाँको उम्मेदवारी  ‌‌रहेको छ।

काठमाडौँ क्षेत्र नंम्बर ६ बाट उम्मेदवारी दिनुभएका उहाँले नागरिकको सर्वोच्चता कायम गर्ने र स्वाधीन नेपालको निर्माण गर्ने,संस्कृति र सम्प्रदायकाे संरक्षण गर्ने, स्वदेशी उद्योगलाई पुर्नजीवन दिने उद्देश्यले आफूले देशको विकास र नागरिकको हकहितको रक्षा गर्न उम्मेदवारी दिएको न्युज नेपाल एचडीका संवाददातालाई जानकारी दिनुभयो।
जनताको आशा लौरोमा भरोशा भन्ने नारा सहित आफूले लौरो चुनाव चिन्ह लिएर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा  सक्षम र सबल युवालाई अत्यधिक बहुमतले विजयी गराउन क्षेत्र नंम्बर ६ का मतदाताहरुलाई आग्रह गर्नुभयो।

Inside Article Ads
Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.