
९ कात्तिक, काठमाडौं । गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरेका छन्। सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको हाे ।

यो क्षेत्रमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले उम्मेदवारी दिएका थिए । तर चेक बाउन्ससम्बन्धी मुद्दाका कारण उनको उम्मेदवारी खारेज भएपछि यो क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार थिएन ।
