Fast Nepal News

भिटोफ नेपालद्वारा तीन ‘गन्तव्य गाउँ’ घोषित

banner single news

काठमाडौं — ४७औँ विश्व पर्यटन दिवसको अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले नेपालका तीनवटा सामुदायिक होमस्टेलाई ‘वर्ष गन्तव्य गाउँ’ घोषणा गरेको छ ।

भिटोफ नेपालले काभ्रेपलाञ्चोकको पनौती सामुदायिक होमस्टे, तनहुँको दगाम सामुदायिक होमस्टे र चितवनको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेलाई यस वर्षका वर्ष गन्तव्य गाउँ घोषणा गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले घोषित गन्तव्य गाउँका प्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा भिटोफ नेपालका अध्यक्ष हरिशरण थापलियाले ग्रामीण पर्यटनको विकास, स्थानीय संस्कृति तथा मौलिकताको संरक्षण र समुदायको आर्थिक सशक्तीकरणमा गाउँ पर्यटनको महत्वपूर्ण भूमिका रहेको बताए ।

Inside Article Ads

नेपालका ग्रामीण तथा स्थानीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने उद्देश्यले भिटोफ नेपालले वर्षेनी उत्कृष्ट गन्तव्य गाउँ छनोट गर्दै आएको छ ।

भिटोफ नेपालका सद्भावना दूत अशोक सिलवालले गाउँमा रहेका मौलिक संस्कृति, प्रकृति, परम्परा र स्थानीय जीवनशैलीलाई पर्यटनसँग जोड्न सके ग्रामीण पर्यटन नेपालको आर्थिक तथा सांस्कृतिक विकासको महत्वपूर्ण आधार बन्न सक्ने बताए ।

विश्व पर्यटन दिवसको अवसरमा घोषित यी तीन गन्तव्यले स्थानीय समुदाय, होमस्टे तथा ग्रामीण पर्यटनलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

Visited 3 times, 3 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.