
८ कार्तिक, काठमाडौँ-आज कार्तिक ८ गते खण्डग्रास सूर्य ग्रहण लागेको छ। यसैगरी नेवार समुदायको व्यक्तिले आजको ग्रहणको बेला दान दिनुपर्ने प्रावधान छ।दान दिनुपर्ने प्रावधान अनुरुप पहिले पहिले ग्रहणको बेला उच्च वर्ग भनिने मानिसहरूले निम्न वर्ग भनिने मानिसहरूलाई गंकी अर्थात् ग्रहण दान दिने प्रचलन थियो।
प्रचलनअनुसार उच्च वर्गका मानिसहरूले निम्न वर्गका मानिसहरूलाई आफूसँग भएका बस्तुहरु जस्तै :- कपडा,चामल,धान,पैसा इत्यादी दिने चलन रहिआएको थियो भने बर्दो आधुनिकीकरणले गर्दा आजभोलि यो प्रचलन लोप नै भएर गएको छ।
