Fast Nepal News

कतारमा रहेका चाईनिज बिजनेस काउन्सिल र नेपाल व्यवसायी संघवीच विशेष छलफल सम्पन्न

banner single news

दोहा । बैंक अफ चाईना एवं चाईनिज बिजनेस काउन्सिल कतारको विशेष निमन्त्रणामा बिहिवार नेपाली व्यवसायी संघ कतारले दोहा स्थित होटल सेराटनमा विशेष भेटघाट एवं साक्षात्कार गरेको छ ।

कतारमा रहेका नेपाली व्यवसायीहरूको समग्र हित हुने गरी व्यवसायीक सम्भाव्यताहरूको पहिचान गर्ने तथा नेपालमा विदेशी लगानी भित्र्याउने उदेश्य अनुरुप विभिन्न कुटनितिक निकाय, विदेशी लगानी कर्ता एवं विभिन्न क्षेत्रका उच्च पदस्त व्यक्तित्व तथा निकायहरूसंगको साक्षात्कारलाई तिब्रता दिने क्रममा बिहीवार उक्त भेटघाट सम्पन्न भएको हो ।

बैंक अफ चाईना एबं चाईनिज बिजनेस काउन्सिलका अध्यक्ष जोनसन लिन र संघका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईं विच भएको छलफलमा दुई देश विचको आपसी सम्बन्ध, विभिन्न गतिविधिहरूमा संयुक्त सहभागिता, नेपालमा बिदेशी लगानीको संभावना एवं चाईनामा व्यवसाय प्रवर्द्धनका लागी आवश्यक प्रकृया आदि विषयमा छलफल भएको थियो ।

चाइनाका तर्फबाट लिनका साथमा बैंक अफ चाईना एवं बिजनेस काउन्सिलका कार्यकारी व्यवस्थापक जेरी लिउ समेत सहभागी भएका थिए ।

त्यस्तै भेटघाट कार्यक्रममा संघका अध्यक्ष चौंलागाई सहित संरक्षक डा. देबकाजी डंगोल, उपाध्यक्ष प्रकाश कोईराला, सचीव द्वय पूर्ण पोखरिया र सुनिल घिमिरे एवं सदस्य दिपजङ्ग शाह ठकुरीको सहभागीता रहेको थियो ।

भेटका क्रममा काउन्सिल अध्यक्ष लिनले नेपालका विभिन्न क्षेत्र घुम्ने ईच्छा जाहेर गर्दै भने, ‘म नेपाल घुम्न जाने योजनामा छु, यहाँहरूको सहकार्यमा जान पाए अझँ उपलब्धि मुलक हुनेछ । ठ्याक्कै यहीँ गर्ने भन्ने हैन, एक पटक व्यवसायीक भ्रमण गर्ने चाहना छ ।’

यसै विच संघका अध्यक्ष चौलागाईंले नेपाल भ्रमणका लागि लिनलाई आमन्त्रण गर्दै यो भेटले दुईदेश विचको सम्बन्ध अझ सुमधुर र घनिष्ट बनाउने विश्वास व्यक्त गरे । चौलागाईंले थपे, ‘अब दोहामा समेत विभिन्न देशका व्यवसायी संघहरू मिलेर एक वृहत् व्यवसायीक भेलाको आयोजना गर्ने ईच्छा छ, जस्का लागी हामी विभिन्न निकाय संग छलफलमा जुटिरहेका छौं ।’

Inside Article Ads

चौलागाईंले थपे, ‘हामिले विभिन्न देशका व्यवसायी, लगानीकर्ता एवं सहजकर्ताहरूसंगको भेटघाटलाई तिब्रता दिएका छौं, मलाई विश्वास छ यस चाईनिज बिजनेस कन्सुलरले पनि विभिन्न देशका व्यवसायीहरूसंग आवस्यक एसोसिएट हुन सक्ने भुमिका निर्वाह गर्नेछ ।’

चौलागाईंले भने, “हामी कतारमा रहेका विभिन्न देशका कुटनितिक नियोग एवं सम्बन्धित निकाय मार्फत सम्बन्धित देशका व्यवसायीहरू संगको सम्बन्ध प्रगाढ पार्ने प्रयासमा छौं । जस्ले गर्दा कतारमा संचालित व्यवसायलाई थप व्यवस्थित गर्न सकिनेछ भने, नेपालमा बाह्य लगानी भित्राउन ठूलो टेवा पुग्नेछ ।”

सन् २०१८ मा स्थापना भएको संघले सामाजिक कार्य संगै कतारमा रहेका नेपाली व्यवसायीहरूको हकहितमा काम गर्दै आएको छ ।

कतारमा पहिलो र एक मात्र कतार सरकारमा दर्ता भई लाईसेन्स प्राप्त गरेको नेपाली संस्थाका रूपमा परिचित संघले नेपालमा ठूला एवं मझौला परियोजनाहरू तय गर्दै छ ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.