
३१ असोज, काठमाडौँ नेपाली कांग्रेसको नेता शेखर कोईरालाले संस्थापन पक्ष र ईतर पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ। आज एक कार्यक्रमका बोल्नुहुँदै उहाँले कांग्रेसका कार्यकर्ताहरुलाई एक आपसमा लडेर र विरोध गरेर त्यसले केही उपलब्धी हासिल नगर्ने बताउनुभएको छ।
आफ्नो पार्टीको साथीहरूसँग लडेर के पाउनुहुन्छ भनी कांग्रेसका कार्यकर्ताहरुलाई प्रश्न गर्नुभएको छ। पार्टीको सम्पूर्ण समुहबिचको सहकार्य र एकता आवश्यक भएकोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफू पार्टीको हकहितको लागि एकै स्थानमा उभिएर अघि बढेको उहाँको भनाई छ।
Visited 8 times, 1 visit(s) today
