Fast Nepal News

केन्द्रीय कार्यसम्पादन समितिको बैठक कांग्रेसले बोलायो

banner single news

२७ असोज, काठमाडौं । असोज २८ गते शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

 

पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी हाल कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ३७ सदस्यीय छ ।

Inside Article Ads

बैठकको एजेण्डा सार्वजनिक गरिएको छैन, तर ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.