Fast Nepal News

आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली

banner single news

धनुषा – ०९ असोज २०७९

धनुषा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले फेरि पनि देशको ठूलो पार्टी बन्ने दाबी गर्नुभएको छ । धनुषाको विदेह नगरपालिकास्थित–३ कौरिया चोकमा एमाले धनुषाले आयोजना गरेको जनसभामा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाउनुभयो ।

Inside Article Ads

उहाँले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा गरेको आरोप लगाउँदै भन्नुभयो, “कोही प्रहरी अहिलेको गठबन्धन तिर लाग्दैन भन्ने शङ्का लागेको ठाउँमा प्रहरी सरुवा गर्ने, कर्मचारी सरुवा गर्ने काम गरेको छ ।”

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.