Fast Nepal News

स्वीमिङ पुलमा ‘नेक्स्ट सुपर मोडल नेपाल’का मोडलहरुको मादकता

banner single news

काठमाडौँ — आश्विन ४, २०७९।

राजधानीमा यतिबेला राजनीति र मौसमको गर्मी बढ्दो क्रममा छ। राजधानीको तापक्रम मौसमका हिसाबले ठीकठाक भए पनि पछिल्लो समय गर्मीको पारो चढ्दै गएको छ । यही गर्मीको बीच ‘नेक्स्ट सुपर मोडल नेपाल’का मोडलहरुले यसपटक काठमाडौं तताए ।

प्रतियोगिताका २८ जना फाइनलिस्ट मोडलहरुले प्रतियोगिताको ‘स्विमसुट राउन्ड’को प्रतिस्पर्धामा सोमबार स्वीमिङ पुलमा बिकिनी र स्विमसुटमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै आफ्नो सौन्दर्यलाई थप फक्राए । फिगर, क्याटवाक र मनमोहक अदाले मोडलहरुलाई थप हट तुल्याएको थियो ।

नेपाली युवायुवतीहरुलाई आफ्नो आत्मविश्वास, जीवन्तता देखाउने मञ्च प्रदान गर्ने उद्देश्यले ट्यालेन्ट पिक ईन्कर्पोरेटेडले आयोजना गरेको ‘नेक्स्ट सुपर मोडल नेपाल’को सन् २०२२ संस्करणको अन्तिम प्रतिस्पर्धा भने आश्विन ८ गते शनिबार राजधानीमा हुँदैछ ।

Inside Article Ads

उक्त अन्तिम प्रतिस्पर्धामा ममिता थापा, अर्बिन नेपाल, आरती सराफ, सन्दीप साह, मनिला राना, सैलेश मगर, सुनेना तामाङ्ग, संजय पुरी, पारु भट्टराई, अनिश तामाङ्ग, सचिता चौधरी, अग्नीश्री बिश्वकर्मा, सुस्मिता राई, बिनोद दवाडी, गिता क्षेत्री, सन्जु केसी, मनिषा बिडारी, समीर आचार्य, राबिया नगरकोटी, प्रवल कृष्ण शिंखडा, साक्षी बाँस्तोला, आयुष न्यौपाने, संगम बस्नेत, बसन्त पाण्डे, नम्रता शाही ठकुरी, श्याम गुरुङ्ग, सन्तोशराज पन्त र आयुष मिश्रासहित कुल २८ जना फाइनलिस्टले शिर्ष उपाधीका निम्ति प्रतिस्पर्धा गर्नेछन। यीमध्ये कुन मोडलले शिर्ष ताज हात पार्नेछन भन्ने चाहिं शनिबार हुने ग्रान्ड फिनालेमै टुंगो लाग्नेछ ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.