Fast Nepal News

विचारभन्दा माथि देश पुस्तकको विमाेचन सम्पन्न

banner single news

काठमाडौ । प्रकाश कपाली

बिबिसी नेपालको पूर्व पत्रकार तथा साझा विवेकशील पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले हिजो संविधान दिवसको दिन विचार भन्दा माथि देश नामक पुस्तक विमोचन गर्नुभएको छ।

प्रज्ञा प्रतिष्ठानमा दिउँसो २.३० बजे हुने भनेको पुस्तक विमोचन कार्यक्रम वर्षाको कारणबाट करिब दुई घण्टा प्रभावित हुन पुगेको थियो। करिब २-३ घण्टाको अन्तरालमा सो कार्यक्रम पुर्न सञ्चालन भयो।

कार्यक्रम नेकपा मालेका अध्यक्ष भु.पू उपप्रधानमन्त्री सि.पी मैनाली र जलस्रोतविद दिपक ज्ञवाली पुस्तक विमोचन कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो।

कार्यक्रम बोल्नुहुँदै लेखक रवीन्द्र मिश्रले विचार भन्दा माथि देश पुस्तकमा आफूले महत्वपूर्ण विषयमा कलम चलाएको बताउनुभयो।

Inside Article Ads

विचार भन्दा माथि देश पुस्तकमा संवैधानिक राजतन्त्र, संघीयता खारेजी, हिन्दू बौद्ध राष्ट्र, कल्याणकारी सामाजिक (लोकतन्त्र)को बारेमा विस्तृत रुपमा वर्णन गरेको बताउनुभयो।

राजनीति देशको लागि गर्ने बताउनुहुँदै विचार व्यक्तिको र देश सबै जनताको हुने विषयमा विचार भन्दा माथि देश पुस्तक निष्कर्षमा पुगेको बताउनुहुँदै विचार भन्दा माथि देश पुस्तकले देशप्रतिको माया र सद्भावलाई जगाउने काममा उजागर गर्ने औचित्य दर्शाउनुभयो।

विचारभन्दा माथि देश पुस्तकले विगतको समाजको यथार्थता ‌र वर्तमान समाजको अवस्थालाई चित्रण गरेको छ।जुन समाज र राजनीतिक अध्धयन गर्ने अध्धयनकर्ताको लागि अति नै उपयोगी छ।

Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.