
काठमाडौं – ३० भदौ २०७९
काठमाडौं, नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सातवटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ । जसअनुसार प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४, लुम्बिनीमा १४२१, कर्णालीमा १६२ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
दुई हजार बढी सक्रिय सङ्क्रमित पछिल्लो समय कोरोना संक्रमणे विस्तारै ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त तथ्याङ्कअनुसार कोरोना भाइरसको संक्रमणे दर लगातार घटिरहेको छ । मन्त्रालयका अनुसार बुधबार एक सय १९ जनामा संक्रमणे पुष्टि भएको छ । चार हजार ८४ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमणे पुष्टि भएको मन्त्रालयले जनाएको छ । बुधबार एक सय ३० संक्रमणेमुक्त भएका छन् ।
देशभर सक्रिय सङ्क्रमितको संख्या दुई हजार एक सय ९१ छ । काठमाडौँमा पाँच सय बढी, ललितपुर र चितवनमा दुई सय बढी सक्रिय सङ्क्रमित छन् भने ताप्लेजुङ, मनाङ, मुस्ताङ, अर्घाखाँची, हुम्ला, डोल्पा, मुगु, जुम्ला, बझाङ र दार्चुलामा सक्रिय सङ्क्रमित छैनन् । सक्रिय सङ्क्रमितमध्ये होम आइसोलेसनमा दुई हजार एक सय होम आइसोलेसनमा, ७२ संस्थागत आइसोलेसनमा, १९ आइसियुमा र एक जना भेन्टिलेटरमा उपचाररत छन् । कोरोना भाइरस संक्रमणेबाट हालसम्म १२ हजार १५ ले ज्यान गुमाएका छन् ।
