
काठमाडौं – २४ भदौ २०७९
काठमाडौं, युनाइटेड सिमेन्ट्सले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत धादिङको धुनिबेसी नगरपालिका वडा ९ कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको छ । बुधबार सोही नगरपालिका कार्यालयमा हस्तान्तरण समारोह सम्पन्न भएको छ । यस कार्यक्रममा धुनिबेसी नगरपालिका उप – प्रमुख सुरज उप्रेती, वडा न. ९ का अध्यक्ष माधव प्रसाद सिलवाल , भू. पु. वडा अधक्ष साहिला राईका साथै विभिन्न संग संस्था तथा प्रहरी प्रशासनका अतिथिहरूको बाक्लो उपस्थिती थियो ।
कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले विगतका दिनहरुमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरिहार्य क्षेत्रमा यस समाजलाई हरेक तरहले सहयोग गर्दै आएको कुरा ब्यक्त गरे । यसका साथै उनले त्यसै वडा कार्यालयको रहोबरमा परिचालन हुने गरी केहि बर्ष पहिले एम्बुलेन्स पनि हस्तान्तरण गरेको तथा स्वास्थ्य चौकी स्थापनाका निम्ति युनाइटेड सिमेन्ट्सले जग्गा पनि उपलब्ध गराएको कुरा जानकारी गराएका छन् ।
त्यसैगरी विभिन्न सामुदायिक विद्यालयहरुमा शैशिक सामाग्री पनि हस्तान्तरण गरेको कुरा जानकारी गराउँदै त्यस क्षेत्रमा आर्थिक तथा सामाजिक विकासका निम्ति युनाइटेड सिमेन्टको उल्लेखनिय भूमिका रहेको कुरा सोहि कार्यक्रम मार्फत अवगत गराएका छन् । कार्यक्रममा वडा अध्यक्ष क्ष माधव सिलवालले युनाइटेड सिमेट्सको यो कार्य प्रसंशनीय रहेको कुरा बताए ।
