Fast Nepal News

साउदीमा विभिन्न कारणले अवैध बनेका ७८ जना नेपालीले पाए वहिर्गमन भिसा

banner single news

काठमाडौं – २३ भदौ २०७९

काठमाडौं, वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगी विभिन्न कारणले अवैध बनेका ७८ जनालाई स्वदेश फर्कन स्थानीय प्रशासनले वहिर्गमन ( एक्जिट) भिसा दिएको छ । ती वहिर्गमन भिसा २६ अगष्टदेखि १ सेप्टेम्बर सम्मको अवधिमा प्राप्त भएको साउदीको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसाका लागि सम्बन्धित साउदी निकायमा दूतावासले अनुरोध गरेको थियो ।

Inside Article Ads

सोही अनुरोधअनुसार ७८ जना नेपालीलाई वहिर्गमन भिसा प्रदान गरिएको हो । यस्तो भिसा लागेको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु पर्ने साउदी नियम रहेको छ । वहिर्गमन भिसा प्रक्रिया निःशुल्क हुने भए पनि वहिर्गमन भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.