Fast Nepal News

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बालिका बलात्कारको जाहेरी

banner single news

काठमाडौं – २२ भदौ २०७९

काठमाडौं, राष्ट्रिय क्रिकेट टोलीका कप्तान चर्चित क्रिकेटर सन्दिप लामिछानेविरुद्ध बालिकामाथि बलात्कार गरेको आरोपमा जाहेरी परेको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको हो । यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् ।

Inside Article Ads

सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ । उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको प्रहरी श्रोतको भनाई रहेको छ । सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्कारको घटना भएको बताइएको छ । सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.