Fast Nepal News

एनआइबिएल एस क्यापिटलले पायो विशिष्टीकृत लगानी कोष स्थापनाको अनुमति

banner single news

काठमाडौं – २१ भदौ २०७९

काठमाडौं, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआइबिएल एस क्यापिटल लिमिटेडले विशिष्टीकृत लगानी कोष स्थापनाको अनुमति पाएको छ । क्यापिटलले विशिष्टीकृत लगानी कोष स्थापना नियमावली, २०७५ अन्तर्गत आइतबार धितोपत्र बोर्डमार्फत कोष व्यवस्थापकको अनुमति पाएको हो ।क्यापिटलले नेपालको पूँजी बजारमा विशिष्टीकृत लगानी कोष अन्तर्गत विभिन्न कोषहरु सञ्चालन गर्ने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डबाट उक्त अनुमति प्राप्त गरेको हो । विशिष्टीकृत लगानी कोष नियमावलीे, २०७५ एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि कोष व्यवस्थापकले कोष दर्ताको प्रकृया अगाडि बढाउने रहेकोले बिक्रीमार्फत रकम संकलन गरी संकलित रकमलाई जोखिम न्यूनीकरणका उपायहरु अपनाई विभिन्न क्षेत्रका कम्पनीहरुका शेयर तथा अन्य वित्तीय उपकरणहरुमा लगानी गर्ने क्यापिटलले जनाएको छ ।

Inside Article Ads

यसरी गरिएको लगानीबाट आर्जित मुनाफालाई इकाई धनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गर्ने उद्देश्य समेत राखेको क्यापिटलले जनाएको छ । यसरी स्थापना भएको कोषले विभिन्न कम्पनीको शेयरमा लगानी गर्ने हुँदा, विषेशगरि साना तथा मझौला व्यवसायहरु तथा नवप्रवर्तनमा आधारित व्यवसायहरुलाई अत्यन्त लाभदायक हुने र समग्र नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न जाने कम्पनीको भनाइ छ । नव प्रवर्तनमा आधारित कम्पनी तथा व्यवसायीहरु नेपालको झन्झटिलो कर्जा प्रक्रिया, धितोको अपर्याप्तता तथा महंगो ब्याज आदि कारणले गर्दा आफ्नो व्यवसाय विस्तार गर्न नसकेको अवस्थामा यस अनुमतिले नेपालमा लगानीको नयाँ स्रोत स्थापित गरी उद्यमशीलताको प्रवद्र्धन हुने देखिएको कम्पनीले बताएको छ ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.