
काठमाडौं – २१ भदौ २०७९
काठमाडौं, एनआईसी एशिया बैंकले नजिकिँदै गरेको दशैं, तिहार, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एप मार्फत रकम पठाउँदा शुल्क नलिने घोषणा गरेको छ। बैंकका अनुसार दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको गरिएको हो ।
बैंकले भाद्र १५ देखि कात्र्तिक १५ सम्म लागू हुने गरी यो योजना ल्याएको हो । सेल्फ बैंकिङ्गको अवधारणा अनुरुप एपमार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहकहरूले आफ्नो परिवार, आफन्त वा साथीहरूलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्नेछन् ।
यो सुविधा उपभोग गर्दा दैनिक अधिकतम रु.२५ हजारसम्म रकम पठाउन सकिनेछ । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिने बैंकले जनाएको छ ।
