Fast Nepal News

श्रमिकसंग श्रममन्त्री कार्यक्रमको दोस्रो अँकः श्रमिकका गुनासा संवोधन गर्न मन्त्री कुँवर तत्पर

banner single news

काठमाडौं – २० भदौ २०७९

काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयसंग संम्बन्धित श्रमिकका गुनासहरु तत्काल संवोधन गर्ने गरेको बताएका छन् । मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको आइतबार दोस्रो अँकमा श्रमिकसंग प्रत्यक्ष फोनमा कुरा गर्दै मन्त्री कुँवरले आफ्नो मन्त्रालयसंग सम्बन्धित गुनासाको तत्काल सुनुवाई भइरहेको बताएका हुन् । आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत देश र विदेशबाट गरी दश जना श्रमिकहरुले मन्त्री कुँवरलाई आफ्ना जिज्ञासा, गुनासा र समस्याहरु सुनाएका थिए । झापाबाट फोन गर्दै एक श्रमिकले कोरिया जानका लागि भाषा परिक्षा पास गरेर पनि जान नपाएको गुनासो मन्त्री कुँवरलाई सुनाएका छन् ।

त्यस्तै साउदी र मलेशियाबाट फोन गर्दै श्रमिकहरुले कम्पनीले काम नदिएको र आफु बिरामी भएर अस्पतालमा उपचार गराइरहेको गुनासो मन्त्रीलाई सुनाएका थिए । यि दुबै गुनासाबारे मन्त्री कुँवरले सम्बन्धित निकायलाई समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् ।कार्यक्रममा सुरेन्द्र प्रसाद साहले फोन गर्दै गत वैशाख २ गते साउदीमा दुर्घटनामा परी सुरेन्द्र प्रसाद साहको मृत्यु भएको र उनको शव नेपाल ल्याउन पहल गरिदिन मन्त्री कुँवरलाई आग्रह गरेका छन् । जसमा मन्त्री कुँवरले परराष्ट्र मन्त्रालयसंग घटनाबारे बुझ्ने र जतिसक्दो छिटो शव ल्याउन पहल गरिने बताए । कार्यक्रममा मन्त्री कुँवरलाई श्रमिकहरुले फोन गर्दै केहि म्यानपावरहरुले भनेअनुसार विदेशमा आफुले काम नपाएको गुनासो पनि गरेका छन् ।

Inside Article Ads

श्रमिकसँग मन्त्री कुँवरले विदेशमा रहेका श्रमिकहरुका समस्या र गुनासाहरुप्रति आफु गम्भिर रहेको र समस्या समाधानका लागि निरन्तर पहल गरिरहेको बताए । श्रमिकसँग श्रम मन्त्री कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ। मन्त्री कुँवर काठमाडौं रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरुमा कुरा गर्न सकिने समेत मन्त्रालयले जानाएको छ ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.