Fast Nepal News

अधिश र आलियाले द कलेज एम्बेसडर २०२२ को उपाधि चुमे

banner single news
काठमाडौं – १९ भदौ २०७९
काठमाडौं, ‘द कलेज एम्बेसडर २०२२’ को उपाधि विजेता अधिश वैद्य र आलिया खानले जितेका छन् । हेराल्ड कलेजका वैद्यले पुरुष तथा द टाइम्स इन्टरनेशनल कलेजकी खानले महिला तर्फको उपाधि चुमेका हुन् । रसियन कल्चर सेन्टर कमलपोखरीमा सम्पन्न प्रतियोगीतामा फष्ट रनरअप सलिना महाराजन (किस्ट कलेज) र नरेश सुनाम (काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेट) चुनिदा सेकेन्ड रनरअप मनिषा प्रधान (गोल्डेन गेट) र निरञ्जन पोखरेल (किस्ट कलेज) घोषित भए । विजेता उपाधिका साथमा विभिन्न अवसर र गिफ्ट पुरस्कारको रुपमा प्राप्त गरे ।
Inside Article Ads
कार्यक्रम व्यवस्थापन, चलचित्र निर्माण लगायत कार्यमा एकदशक बढी समयदेखि क्रियासिल ग्रीन आर्ट्स मिडियाले नेपालको इतिहासमा सन् २००७ देखि सुरु गरेको ‘द कलेज एम्बेसेडर’ को यो ११ औं संस्करण हो । बिभिन्न क्षेत्रका प्रतिस्थित ब्यक्तिहरु महेन्द्र प्रसाद जोशी, रोहिया महर्जन, दिवास योन्जन, स्वप्निल सिंह निर्णायक रहेको प्रतियोगीताको फाइनलमा ८ महिला र ८ पुरुष रहेका थिए । कलेज अध्यायनरत युवायुवतीको प्रतिभा निर्खादै उनीहरूलाई भविष्य निर्माणमा उचित मार्ग निर्देशन गर्ने उदेश्यले कार्यक्रम आयोजना हँुदै आएको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।

प्रतियोगितामा मष्टफोटोजेनिक सदिच्छा ताम्राकार (कुसोम), मष्टट्यालेन्ट आलिया खान (द टाइम्स इन्टरनेशनल कलेज) मष्टपपुलर सुवे महर्जन (नाइटिंगेल इन्टरनेशनल कलेज), मष्टडिसिप्लेन सतजलबाबु सापकोटा (गोल्डेन गेट इन्टरनेशनल कलेज), बेष्टड्रेस अञ्जना धमला (ह्वाइटफिल्ड इन्टरनेशनल कलेज) मष्टफ्रेण्डी शिखिन तुलाधर (सेन्टपल स्कूल), वेष्टपफमेन्स सिजल महर्जन (साउथ वेस्टर्न कलेज), बेष्टस्माइल बिनिशा प्रधान (गोल्डेन गेट इन्टरनेशनल कलेज), चार्मिङ पर्सनालिटी सलिना महर्जन (किस्ट कलेज), मष्ट इन्टिलेक्च्युअल नरेश सुनाम (काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेट), बेष्टस्पिकर निराजन पोखरेल (किस्ट कलेज) ले हासिल प्राप्त गरे । समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका बिभिन्न बिषयमा आफुलाई निखार्दै अन्तिम स्पर्धामा उत्रिएका प्रतियोगीको कोरियोग्राफी मिसेन युनिभर्स नेपाल २०१९ की विजेता समेत रहेकी अन्तराष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले गरेकी थिइन् ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.