Fast Nepal News

‘लिटिल आईकन उदयपुर’ प्रथम अडिसन सम्पन्न, दोश्रो अडिसन भाद्र १८ मा हुने

banner single news

काठमाडौँ — भाद्र १६, २०७९।

विङ्स इन्टरटेन्मेन्टद्धारा आयोजना गरिएको बालबालिका केन्द्रित ‘लिटिल आईकन उदयपुर’ को पाचौं संस्करणको लागि प्रथम छनौट प्रक्रिया सम्पन्न भएको छ । उक्त छनौट प्रक्रियावाट ३३ जना सहभागीहरु छनौट गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना माहामारिका कारण २ वर्षसम्म स्थगित रहेको उक्त सौन्दर्य प्रतियोगिता यस वर्ष भने विश्व स्वास्थ्य महासंघले जारी गरेको स्वास्थ्य निर्देशिका वमोजिम संचालन गरिने आयोजक संस्थाका संचालक तथा नृत्य निर्देशम एम जे मिथुनले जनाए। साथै प्रतियोगिताको अन्तिम छनौट प्रकृया भाद्र १८ गते हुनेछ।

छनौट गरिएका प्रतियोगीहरुलाई करिव एक महिना लामो प्रशिक्षण प्रदान गरिने छ उक्त तालिममा बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले कार्यक्रममा तालिम प्रदान गरिने आयोजकले जनाएका छन ।

Inside Article Ads

उदयपुर जिल्ला भित्र रहेका सम्पूर्ण बालबालिकाहरुलाई मध्य नजर गरि उनीहरुको व्यक्तित्व विकास साथै नेतृत्वदायी क्षमताको विकासमा सहयोग पुग्नुको साथै सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको आयोजकको दावी छ ।

प्रतियोगिताका विजेताले ‘लिटिल आईकन उदयपुर’ को उपाधी सहित उच्च शिक्षा अध्ययनमा छात्रवृत्ती, थुप्रै आकर्षक उपहारहरु र अन्य विभिन्न अवसरहरु प्राप्त गर्नेछन।

Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.