Fast Nepal News

सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको विवाद कायमै, आज पुनः बैठक बस्ने

banner single news

काठमाडौं – १६ भदौ २०७९

काठमाडौं, आम निर्वाचनको सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक निष्कर्षमा बुधबार पनि निष्कर्षविहिन भएको छ । बुधबार साँझ ५ बजेदेखि ८ बजेसम्म भएको बैठकमा सिट बाँडफाँटको विषयमा शीर्ष नेताहरु नै तीव्र विवाद भएको बैठकमा सहभागी एक नेताले बताए । बुधबार सहमति नभएपछि बिहीबार पुनः बस्ने गरी बैठक सकिएको छ । बैठकमा सहभागी ती नेताका अनुसार बुधबारको बैठकमा सबै दलका नेताहरुले आआफ्नो दाबीबाट ठसमस भएनन् । बैठकमा सधैं जस्तै कांग्रसले १०० सिट पाउनुपर्ने दावी नेपाली कांग्रेसले गरेको छ । माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दावी गरेका छन् ।

सन्तुलित ढंगबाट सिट बाडफाँट गर्नुपर्छ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान रक्षाका लागि विगतमा आफूहरूले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको अवमूल्यन गर्न खोजिए त्यो स्वीकार्य नहुने बताएका छन् । युवा सङ्घ नेपालले बुधबारदेखि आयोजना गरेको मेची–महाकाली जागरण अभियानको शुभारम्भ कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनमा आफूहरूलाई अपमान गर्न खोजिएको भन्दै फाइदा नहुने गठबन्धन गरेर आफ्नो पार्टी कसैका लागि भ¥याङ मात्र नहुने बताए । आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले सन्तुलित तथा न्यायोचित ढङ्गबाट सिट बाँडफाँट गर्नुपर्ने उनको भनाइ थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले गाउँगाउँमा मतदाता शिक्षा दिनुपर्नेमा जोड दिँदै मतदातालाई शिक्षित बनाउन नसक्दा स्थानीय तह निर्वाचनमा आफूहरूले लाखौँ मत गुमाएको बताए ।

Inside Article Ads

आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई आ–आफ्नो जिल्लाको निर्वाचन क्षेत्रमा जान निर्देशन दिँदै उनले भने, ‘यो काठमाडौँमा पलेँटी कसेर बस्ने काम नगर्नुहोस्, आ–आफ्नो जिल्ला जानुहोस्, आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुहोस् । निर्वाचन लक्षित कार्यक्रम गर्नुहोस् ।’ प्रत्येक निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीको प्रत्यक्ष उम्मेदवार नभए पनि समानुपातिकमा पार्टीका पक्षमा मतदातालाई आकर्षित गर्नुपर्ने उनको भनाइ थियो । युवा सङ्घ नेपालले संविधान र लोकतन्त्रको रक्षा गर्दै स्थायित्व, विकास र अग्रगमनको आशा जगाउन, जनतामा सकारात्मक सन्देश प्रवाह गर्न बुधबारदेखि भदौ २३ गतेसम्म मेची–महाकाली अभियान सुरु गरेको छ । युवा पलायनलाई रोक्न, राजनीतिप्रति उत्साह बढाउनका साथै भ्रष्टाचार विरुद्ध गतिविधि सञ्चालन गर्न र समाजवादी यात्रामा आम जनसमुदायलाई एकताबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहका लागि अभियान सञ्चालन गरिएको जनाइएको छ । अध्यक्ष नेपालले अभियानका प्रतिनिधिलाई युवा सङ्घको झण्डा हस्तान्तरण गरी अभियानको प्रारम्भ गरेका हुन् ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.