Fast Nepal News

जुवाखालबाट पक्राउ परे बौद्धक्षेत्र बिकास समितिका कार्यकारी निर्देशक नयन कुमार लामा

banner single news

काठमाडौ ─ ०५ साउन २०७९

काठमाडौ, काठमाडौ मनमौजु स्थित एक घरमा जुवा खेलिरहेको अबस्थामा बौद्धक्षेत्र बिकास समितिका कार्यकारी निर्देशक नबिन कुमार लामा उर्फ नयन सहित १० जना जुवाडेहरुलाई बालाजु प्रहरी बृतको टोलीले गत बिहिवार नियन्त्रण लिएको छ।स्थानीयहरुले एक घरमा हो होल्ला गरिएको भन्दै प्रहरीलाई खबर गरेपछि छापा मारेका थिए।चर्चित जुवाडे दिनेश श्रेष्ठ लगाएतको समुह सोही अबसरमा जुवा खेलीरहेको अबस्थामा भेटिए पछी ठूलो समुह रहेको प्रहरीले आसन्का गरेका छ्न।बौद्ध स्थित भुवाल डाडा आशपासमा स्थायी अड्डा बनाएर कार्यकारी निर्देशकले तास जुवा खाल संचालन गर्ने गरेको बौद्धक्षेत्र बिकास समितिका सदस्यले नाम प्रकाशित नगर्ने सर्तमा बताए।

Inside Article Ads

प्रारम्भिक अनुसन्धानमा डिजिटल वालेट मार्फत खेलेका हुन सक्ने अनुसन्धानमा खटिएका एक प्रहरीले बताएका छ्न।नाम नबताउने सर्तमा बालाजु बृतका अधिकृतका अनुसार अभियुक्तहरुको साथ बाट नगद बरामद नभएकाले कुन मुद्दामा अदालतमा पठाउने भन्ने बिषयमा आफुले केही भन्न नसक्ने उनले बताए।उनका अनुसार मुद्दा अगाडि बढाउने बिषयमा बृतका प्रमुखको हात हुने बताए।बालाजु बृतका डिएसपी रबिन बिस्ट कार्यलय बाहिर रहेकोले सम्पर्क हुन सकेन।
घटना स्थल बाट ब्याक तथा पर्स समेत प्रहरीले नियन्त्रण लिएको स्थानीयहरुले बताएका छ्न। विशेष स्रोतका अनुसार शक्तिकेन्द्रको दवाबमा अभियुक्तहरुलाई साधारण तारिखमा छुटाउने प्रयास भैइरहेको जनाएका छ्न ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.