Fast Nepal News

गैरे आवासीय नेपाली संघ मलेसियाको आयोजनामा दर खुवाउने र तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

banner single news

मलेसिया ─ ०५ साउन २०७९

मलेसिया, ,नेपाली महिला हरुको महान चार्ड हरितालिका तिजको अवसरमा गैरे आवासीय नेपाली संघ मलेसियाको आयोजनामा दर खुवाउने र तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली रितिरिवाज चार्ड पर्वको जगेर्ना गर्नुको साथै विभिन्न कारणले मलेसियामा कार्यरत नेपाली दिदीबहिनी हरुलाई लक्षित गर्दै आयोजना गरिएको दर खुवाउने कार्यक्रम गैर आवासीय नेपाली संघ मलेसियाले शनिबार आफ्नो भवनमा सम्पन्न गरेको छ। गैरे आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाको सभापतित्वमा भएको सो कार्यक्रम को प्रमुख अतिथि नेपाली राजदूतावास मलेसियाका कार्यबाहक राजदूत श्री मोति बहादुर श्रीस हुनुहुन्थ्यो । विशिष्ट अथितिमा नेपाली राजदूतावास मलेसियाका श्रम सहचारी प्रकाश पन्थी, तृतीय सचिव अस्मिता न्यौपाने,एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् का सचिव खगेन्द्र न्यौपाने हुनुहुन्थ्यो ।

यसैगरी अथिति हरुमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राई ,
एफजी मलेसियाबाट पुरुषोत्तम कडेल,जिपिएल मनि ट्रान्सफरका ईन्द्र गिरि,बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष कमल गौतम, सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष दिनेश खड्का’खप्तडी’,हिमालटाईम्स डटकम मलेसिया प्रतिनिधि ईश्वर राई,मलायाखबर‌ प्रतिनिधि आर एन चौधरी,फोटो पत्रकार कृष्ण गुप्ता, आगमन खबर मलेसिया प्रतिनिधि यज्ञ कुमार राई हुनुहुन्थ्यो । यसैगरी मलेसियामा क्रियासिल संघ संस्थाहरुका प्रतिनिधि र महिला हरुको बाक्लो उपस्थिति रहेका सो कार्यक्रमको सन्चालन एनआरएनए मलेसियाका महासचिव रन्जित क्षेत्रिले गर्नु भएको थियो ।

Inside Article Ads

नेपाली राजदुतावासका कार्यबाहक राजदूत मोती बहादुर श्रीसले शुभकामना मन्तव्य राख्दै बिभिन्न परिस्थितिले हामि प्रवासीयता पनि आफ्नो कला,साहित्य भाषा,धर्म,संस्कृति परम्परा को जर्गेना गर्ने उदेश्यले आयोजना गरिएको तिजको अवसर जुन एनआरएनए मलेसियाले गर्यो यसको लागि गैरआवासीय नेपाली संघ मलेसियालाई धन्यवाद ब्यक्त गर्नु भयो थियो । कार्यबाहक राजदूत श्रीले मलेसियामा गठन भएका अन्य विभिन्न संघ संस्थाहरुले आफ्नो आफ्नो भुमिका निर्वाह गर्नुभएको छ। वँहा हरु सहित नेपाली दिदी बहिनी सम्पूर्णलाई तिजको शुभकामना व्यक्त गर्नुभयो । मलेसियामा क्रियासिल बिभिन्न संघ संस्थाहरुबाट उपस्थिति प्रतिनिधिहरुले तिजको शुभकामना मन्तव्य राख्नु भएको थियो । दर खुवाउने कार्यक्रम को अवधि सम्म कार्यक्रम हल साङ्गीतिकमय भएको थियो । उपस्थिति दिदिबहिनी हरुले बिभिन्न तिज गित हरुबाट मनोरञ्जन प्रदान गरेका थिए ।

Visited 61 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.