Fast Nepal News

एनआरएनए मलेसियाले हरितालिका तिजको अवसरमा दर खुवाउने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने

banner single news

दिनेश खड्का’खप्तडी, मलेसिया ─ ३० साउन २०७९

दिनेश खड्का’खप्तडी, मलेसिया, गैरे आवसिय नेपाली संघ मलेसियाले विगतका बर्षहरुमा झै यस पटक पनि नेपाली महिला हरुको महान चार्ड हरितालिका तिजको अवसरमा दर खुवाउने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । यहि अगष्ट २० तारिख स्थानिय समयअनुसार दिउँसो को ३ बजे देखि एनआरएनए को आफ्नै भवनमा आयोजना गर्न लागेको हो । नेपाली रितिरिवाज चार्ड पर्वको जगेर्ना गर्नु को साथै विभिन्न कारणले मलेसियामा कार्यरत नेपाली दिदीबहिनी हरुलाई लक्षित गर्दै उक्त कार्यक्रम गर्न लागेको एनआरएनए मलेसिया का महासचिव रन्जित क्षेत्रिले जानकारी दिनुभयो ।

Inside Article Ads

आफ्नो जन्मभूमि छोडि मलेसिया मा बसेर एक दिन भएपनि आफ्नो दिदिबहिनी हरुको साथमा माईती को सम्झनालाई बिर्साउने गरि कार्यक्रम अवधिभर मनोरञ्जन समेत दिने महासचिव क्षेत्रिले बताउनुभयो । नेपाली महिला हरुको पर्व तिज कार्यक्रमलाई नेपाल कै अनुभुति हुने गरि मलेसियामा रहेका सम्पुर्ण नेपाली दिदीबहिनीहरु र संघ-संस्था हरुलाई पत्रचार गरिसकेको र कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि सिङ्गो एनआरएनए मलेसिया लागि रहेको महासचिव रन्जित क्षेत्रिले जानकारी दिनुभयो।

Visited 57 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.