
सप्तरी ─ २९ साउन २०७९
सप्तरी, सप्तरीमा एकजना मृत अवस्थामा भेटिएका छन् । राजविराज नगरपालिका वडा नम्वर ३ भलुवाही खोला नजिक एकजना मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गजेन्द्र नारायण सिंह अस्पतालको पछाडि पट्टि रहेको भलुवाही खोलाको छेउमा राजविराज नगरपालिका वडा नम्वर ५ बस्ने ४५ वर्षीय मंगला दास मृत अवस्थामा भेटिएका हुन् । सप्तरीका प्रहरी प्रवत्ता माधवप्रसाद काफ्लेले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
