Fast Nepal News

भ्रमण भिषा पाएका यात्रुसँग श्रम सम्झौता मागियो, कर्मचारीको गलत निर्णयले यात्रुहरु कोरिया उडन पाएनन

banner single news

काठमाडौं ─ २३ असार २०७९

काठमाडौं, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको प्रस्थानतर्फका अकर्मण्य कर्मचारीको गलत निर्णयले बुधबार कोरियाको भ्रमण भिषा (C–3–9) पाएका यात्रुहरु कोरिया उडान हुनबाट बन्चित हुनुपरेको छ । प्रस्थान अनुमति नदिनुको कारण श्रम सम्झौता नभएको भन्ने जनाइएको उडानबाट बञ्चित यात्रुले बताएका छन् ।

‘भ्रमण भिषामा जानेले किन श्रम स्वीकृति लिने? कुन आधारमा श्रम स्वीकृति लिने, जबकि उनीहरुले पाएको भिषामा श्रम गर्न नै पाइदैन ! नेपालको श्रम विभागले कुन आधारमा श्रम स्वीकृति जारि गर्छ ?’ एक याुत्रले आक्रोश पोखे–‘यस्ता निकम्मा कर्मचारीको भण्डाफोर गरौँ, अनाहाकमा नागरिकलाई दुख दिने, पदिय दायित्व निभाउन आवस्यक ज्ञान नभएको कर्मचारीलाई कारबाहीको लागि जोडदार माग गर्दछौं ।

Inside Article Ads

यात्रुहरुको उडान टिकटमा भएको नोक्सानी र पर्नगएको शारीरिक, मानशिक तनाबको क्षतिपुर्ति पनि ति कर्मचारीबाट सोधभर्ना हुनुपर्दछ ।’ काठमाडौँ बाट कोरियाको भ्रमण भिषा (C–3–9) बाहक ४ जना यात्रुलाइ श्रम स्वीकृति नभएको भनेर प्रस्थान हुन नदिएपछि ती याुत्रले पत्र जारी गर्ने गैरजिम्मेवार कर्मचारी पत्ता लगाई कारबाहीको माग गरेका छन् ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.