Fast Nepal News

अमेरिकाको डिसी क्षेत्रमा दशैँ–तिहार महोत्सव २०२२ आयोजना हुने

banner single news

काठमाडौं ─ २३ असार २०७९

काठमाडौं, अमेरिकाको डिसी क्षेत्रमा दशैँ–तिहार महोत्सव २०२२ हुने भएको छ । ‘थ्री ई इन्टरटेन्मेन्ट’ संस्थाको आयोजनामा फेरि एकपटक राजधानी वासिङ्टन डिसी अनि त्यस वरिपरि अवस्थित भर्जिनिया र मेरील्याण्ड राज्यहरूमा बढ्दोसंख्यामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी यस वर्ष पनि “विशेष दशैँ–तिहार महोत्सव” विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाइने भएको छ । यस किसिमको महोत्सव आयोजना र सहभागिताबाट समुदायका विभिन्न सामाजिक व्यक्तित्वलाई चिन्ने–चिनाउनेअवसर प्राप्त हुनेछ भने खासगरी महोत्सवमा “नेपाली पन र नेपाली मन” को अभूतपूर्व संगम रहने हुँदा योआयोजना विशेष उल्लेखनीय समेत ठहरिनेछ ।

रंगी–बिरंगी सारी, चुरा–पोतेर आकर्षक गर–गहना समेतको पहिरनमा सजिएका दिदीबहिनीहरू अनि दौरा–सुरुवाल–टोपीकोपरिधानमा ठाँटिएका अग्रज र कनिष्ठ दाजुभाइहरू एकैठाउँमा उपस्थित भई परम्परागत नेपाली शैलीमा गीत गाउँदैर नृत्य गर्दै रमाइहेकोदृश्य आफैँमा अभूतपूर्व रहनेछ । बालबालिका, युवा तथा बृद्ध आमाबुबाहरू समेतको उपस्थितिले महोत्सव झन्रोचक हुनेछ । यसरी भेटघाट, गीत र नृत्यका साथै खीर, सेलरोटी, अचार, मम समेतको विशेष पकवान पनि सँगै उपलब्ध हुने हुँदा दशैँ–तिहार अमेरिकामा मनाइरहेको भए पनि नेपाली मौलिक स्वाद प्रकट भइरहेको हुनेछ ।

Inside Article Ads

थ्री ई इन्टरटेनमेन्ट संस्थाले पछिल्ला बीस वर्षभन्दा लामो समयदेखि वासिङटन डिसी मेट्रो क्षेत्रका नेपाली समुदायबीच व्यवसायिक कार्यक्रमहरूको सफल आयोजना गर्दै आएको छ । यी लामा र विशेष अनुभवहरूका आधारमा हामी यसपटक पनि दशैँ–तिहार महोत्सव भव्य एवं सभ्य रूपमा सम्पन्न गर्ने कुरामा प्रतिबद्ध छौँ । ‘दशैँ–तिहार महोत्सव २०२२’ पूर्ण पारिवारिक वातावरणबीच २०२२ सेप्टेम्बर २५ आइतबार भर्जिनियाको सेन्टरभिल क्षेत्रस्थित “बुल रन इभेन्ट सेन्टर” (बुल रन इभेन्ट सेन्टर, ७७०० बुल रन ड्राइभ, सेन्टरभिल, भर्जिनिया २०१२१) मा आयोजना हुनेछ । करिब आठ हजार मानिस सहभागी हुन सक्ने यस सेन्टरमा प्रसस्त ठाउँ उपलब्ध छ जहाँ सहजै क्रस–कन्ट्री रेस, भोजन तथा पेय महोत्सव, सांस्कृतिक महोत्सव र अन्य अनेक अनेक महोत्सवहरू एकै समयमा सम्पन्न हुन सक्दछन्। महोत्सवको प्राथमिक खर्च कर्पोरेट प्रायोजक एवं महोत्सवमा स्टल वा मञ्च राख्ने महानुभावहरूबाट प्राप्त हुनेछ । महोत्सवबाट उठेको रकमको केही अंश एनआरएनए भर्जिनिया च्याप्टरलाई जानेछ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.