
नयाँदिल्ली — २८ माघ २०७८
नयाँदिल्ली , भारतीय राज्य कर्नाटकको उच्च अदालतले स्कुल तथा कलेजमा कुनै पनि धार्मिक कपडा लगाउन रोक लगाएको छ । मुस्लिम छात्राले ‘हिजाब’ लगाएपछि केही हिन्दुहरूले त्यसको विरोध गरेपछि उक्त विषय विवादित बनेको हो । स्कुल कलेजमा मुस्लिम समुदायका छात्राले हिजाब लगाउन पाउने/नपाउने विषय अदालतमा पुगेको थियो ।
कर्नाटकमा हिजाब र भगवा सलको विषयलाई लिएर विवाद चर्किएको छ । कर्नाटक उच्च अदालतले तत्काललाई स्कुल तथा कलेजमा हिजाब वा केसरिया कपडा लगाउन रोक लगाएको हो । हिजाब प्रतिबन्धविरुद्ध परेको रिटको सुनुवाइ गर्दै तीन न्यायाधीशको इजलासले अन्तिम निर्णय नआएसम्म त्यस्तो कपडा नलगाउन आदेश गरेको हो ।
( कान्तिपुर दैनिक )
