Fast Nepal News

डक्टर के.सी.को समर्थनमा अनसन

banner single news

माधब पौडेल ,तनहुँ

चिकित्साक्षेत्रको सुधारको माग राख्दै पटक पटक अनसन बस्नुभएका डक्टर गोविन्द के.सी.को समर्थनमा तनहुको दमौलीमा पनि दुईजना युवा सागर घिमिरे र विजय सापकोटा अनसनमा बस्नुभएको छ । शुक्रवार शुरुभएको अनसन १९ घण्टाको भनिएको थियो शनिवार विहानबाट २४ घण्टा थप गरिएको सामाजिक अभियन्ता सागर घिमिरेले बताउनुभएको छ । पटक पटक अनसन बस्दा पनि डक्टर गोविन्द के.सी. का मागहरु पूरा नभएको कारण अाफुहरु पनि अनसन बस्नुपरेको घिमिरेको भनाई रहेको छ ।
लामो समयदेखि चिकित्साक्षेत्रमा राजनीतिक हस्तक्षेप गर्न नहुने,चिकित्साक्षेत्रमा योग्यताको अाधारमा पदाधिकारीहरु नियुक्ति गर्नुपर्ने, गरिवका छोराछोरीले पनि निम्न शुल्कमा एम् वि वि एस् पढ्न पाउनु पर्ने लगायतका माग राख्दै अाउनु भएका डक्टर के.सी. यतिबेला अाफ्नो १९ अौ अनसनको क्रममा जुम्लामा अस्वथ्य भएपश्चात काठमाडौंमा शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । वहाँको समर्थनमा देशभर मानिसहरुको ऐक्यबद्धता व्यक्त गरिरहेका छन् ।

Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.