Fast Nepal News

फ्रान्समा एकैदिन ३ लाख ३२ हजारलाई कोरोना संक्रमण

banner single news

पेरिस — २२ पुस २०७८

पेरिस , फ्रान्समा गत २४ घण्टामा कोरोना संक्रमितको संख्या ३ लाख ३२ हजार भन्दा बढी पुगेर आफ्नै रेकर्ड तोडिएको छ  स्वास्थ्य मन्त्री ओलिभिय भेरानले गत २४ घण्टामा फ्रान्समा ३ लाख ३२ हजार २ सय ५२ जना व्यक्ति कोरोनाबाट संक्रमित भएको तथ्यांक बुधवार साँझ सार्वजनिक गरेका छन् । बीएफएम टीभीका अनुसार मंगलबार साँझसम्म २४ घण्टामा कुल २ लाख ७१ हजार ६ सय ८६ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमणले फ्रान्समा एउटा नयाँ कीर्तिमान बनाएको छ र एउटा महामारी जुन पहिले कहिल्यै नभएको अनुपातमा फैलिइरहेको छ ।

सार्वजनिक स्वास्थ्य विभाग फ्रान्सले बुधबार फ्रान्समा ३ लाख ३२ हजार २ सय ५२ नयाँ संक्रमितहरुको रिपोर्ट गरेको हो । फ्रान्सको सार्वजनिक स्वास्थ्य विभागको बुधबार साँझको तथ्यांकअनुसार हाल २० हजार ६ सय ८८ कोरोनाका बिरामीहरू अस्पतालमा भर्ना भएका छन् । तीमध्ये ३ हजार ६ सय ९५ गम्भीर हेरचाह कक्षमा छन् । फ्रान्समा कोरोना संक्रमितका लागि भनेर जम्मा ३ हजार ३ सय बेड छुट्याइएको थियो । कोरोनाका लागि छुट्याइएको बेडहरुले धान्नै नसक्ने अवस्था उत्पन्न भएको र अन्य रोगका शल्यक्रियाहरु रद्द गर्नुपर्ने वा मिति सार्नुपर्ने भन्दै स्वास्थ्यकर्मीहरुले दबाब दिइरहेको मिडियाहरुले उल्लेख गरेका छन् ।          

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.