Fast Nepal News

गजल -गजलकार(उत्तम मिश्र)

गजलकार(उत्तम मिश्र)

banner single news

विनायाे र मुर्चुङ्गाकाे सुनिदैन धुन पनि
कति सस्तो भयाे अाज नेपालीको खुन पनि ।

नेपालीको कथा व्याथा कसले जान्ने कसले वुझ्ने
पहाडमा त कठ्ठै वरा छैन खाने नुन पनि
कति सस्तो भयाे अाज नेपालीको खुन पनि ।

ढकमक्क गुराँस फुल्ने डाँडा काँडा नेपालमा
पुर्णिामाकाे रातमा पनि लाग्न छाड्यो जुन पनि
कति सस्तो भयाे अाज नेपालीको खुन पनि ।

Inside Article Ads

वुद्धका सन्तान हामी वुद्ध सँगै युद्ध लड्छाै
सकियन किन अाज नेपाली हुन पनि
कति सस्तो भयाे अाज नेपालीको खुन पनि ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.