Fast Nepal News

अर्जेन्टिनाको जितमा मेसीको ह्याट्रिक

banner single news

मोन्टेभिडियो — २५ भाद्र २०७८

मोन्टेभिडियो , विश्वकप-२०२२ को दक्षिण अमेरिकी छनोटमा शुक्रबार ब्राजिल र अर्जेन्टिना दुवै विजयी भएका छन् । ब्राजिलले पेरुलाई २–० ले पराजित गर्‍यो र त्यसमा एभरटन रिबेरो तथा नेयमारले एक-एक गोल गरे । लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई ३–० ले हरायो ।

मेसीले १४, ८४ र ८८औं मिनेटमा गोल गरे । शुक्रबारका अन्य खेलमा पाराग्वेले भेनेजुएलालाई २–१, उरुग्वेले इक्वेडेरलाई १–० र कोलम्बियाले चिलीलाई ३–१ ले हरायो  कुल दस टिम सम्मिलित छनोटमा ब्राजिल आठ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको आठै खेलबाट १८ अंक छ । अंक तालिकाको शीर्ष पाँचमा उरुग्वे, इक्वेडर र कोलम्बिया पनि रहेका छन् ।      

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.